दरबारकाे पिँढीमा वातावरणकाे चित्रण (तस्बिरहरू)

ममता आचार्य

काठमाडौं

अन्तर्राष्ट्रिय विकास सम्बधी अमेरिकी सहयोग नियोग (युएसएड) क्लिन एयर र काठमाडौँ महानगरपालिकाले खुल्ला चित्र प्रतियोगिता गरेको छ।

‘वातावरणले हाम्रो स्वास्थ्यलाई कसरी असर गर्छ’ भन्ने विषयमा आइतबार बसन्तपुर दरबार स्क्वायरमा खुला चित्रकला प्रतियोगिता गरिएकाे हाे।प्रतियाेगितामा १० विद्यालयका ६१ जना विद्यार्थी तथा प्रतियाेगीकाे सहाभागी थिए।

महानगरपालिकाले हरेक वर्ष यस्ताे कार्यक्रम गर्छ। उसले यसवर्ष युएसएड क्लिन एयरसँगकाे सहकार्यमा प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे।

उत्कृष्ट प्रतिस्पर्धीलाई प्रमाण पत्रसहित सम्मान गरिनुका साथै थप प्रतिस्पर्धाकाे लागि थाइल्याण्ड पठाइने महानगरले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-10-24 08:30:00

प्रतिकृया दिनुहोस्