ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको ट्रकको ठक्करबाट मृत्यु भएको छ। जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका-५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई बिरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको थियो।

प्रकाशित मिति: : 2022-10-23 17:39:00

प्रतिकृया दिनुहोस्