शनिबार, १२ जुलाई २०२५

बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता 

बिएल संवाददाता

बिएल संवाददाता

दाङ
2022-10-22 16:30:00
फाइल तस्विर
• • •

दाङकाे बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् भने एक जनालाई सकुशल उद्धार गरिएको छ।

बबई नदीमा नुहाउन गएका दंगिशरण– २ की १४ वर्षीया रमा शाह र दंगीशरणमा मामा घरमा आएकी सल्यानको दमाचौर– १ बस्ने १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ।

तुलसीपुर–११ को मोतिपुर नजिकै शनिबार (आज) दिउँसो १ बजेतिर बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको र उनीहरुको खोजिकार्य भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

वेपत्ता दुई जनालाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको छ। नदीमा डुबेका दंगिशरण– २ का १३ वर्षीया निरुता बस्नेतलाई बेहोस अवस्थामा उद्धार गरिएको छ।

निरुतालाई तत्काल उद्धार गरिएकाले उनको अवस्था सामान्य रहेको डिएसपी मल्लले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?