हामीले लसुन सब्जीहरुमा राखे स्वादिलो र मीठो हुने गर्छ भनेर प्रयोग गर्ने गर्छौं। तर, यो सब्जीमा मात्र नभएर हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक रहेको छ।
मुटु विशेषज्ञ डा. ओम मूर्ती भन्छन्, 'लसुन स्वास्थ्यका लागि धेरै राम्रो हो। हामीले लसुन प्रशस्त मात्रामा खानुपर्छ।'
मूर्तीका अनुसार लसुनका विशेषता र फाइदा यस प्रकार रहेका छन्।
–यसमा 'एलिकिन' नामको केमिकल पाईन्छ, जसले कोलस्ट्रोरको उत्पादन घटाउँछ।लसुनकाे प्रयाेगले रगत जम्नबाट रोक्छ र रक्तचाप घटाउँछ।
–लसुनकाे प्रयोगले पेटमा ग्यास बन्नबाट रोक्छ र यसमा भएकाे भिटामिन, मिनरल 'सेलेनियम' नामको धातुले मुटुकाे बिरामीको लागि फाइदा गर्छ। र लसुनमा भएकाे 'सेलेनियम' ले 'एन्टिअक्सिडेन्ट' को काम पनि गर्छ।