ललितपुर प्रहरीको तिहार लक्षित सुरक्षा योजना–२४ सै घण्टा ‘एलर्ट’ (भिडियोसहित)

शनि शाक्य

ललितपुर

ललितपुर प्रहरीले तिहारलाई लक्षित गरेर एघार सय प्रहरी सुरक्षा परिचालनका लागि खटाउने भएको छ। 

चाडपर्वमा भरपर्दो वातावरण सिर्जना गर्नका लागि ललितपुर प्रहरीले सुरक्षा परिचलना गर्न लागेको प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले बिएल नेपाली सेवालाई बताए। 

तिहारमा विशेष धनकी देबी लक्ष्मीलाई पुज्ने भएकाले आर्थिक कारोबारमा प्रहरीको विशेष निगरानी रहने उनले बताए। त्यसगरी लागुऔषध कारोबारमा समेत आफूहरु सचेत भएको पोखरेल बताउँछन्। 

मैले जुवातास खेल्ने सय जना भन्दा धेरै व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ, उनले भने, 'जसले समाजमा विकृती फैलाउँछ उसलाई बाँकी राख्दैनौँ।' 

विगतका दिन ललितपुरमा आगजानी घटना भएको कारण यो पटक सर्वसाधारणले सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने,  'आफ्नो सुरक्षाको ख्याल आफैँले पनि राख्नुपर्छ।'

तिहारमा मद्यपान गरेर झगडा नगर्न आग्रह गर्दै उनी ललितपुरवासीलाई भन्छन्, 'सभ्य भएर तिहारलाई रमाइलो गरेर मनाउनुहोस्।'

प्रकाशित मिति: : 2022-10-20 21:32:00

प्रतिकृया दिनुहोस्