हाम्राे नेपाली पार्टीअन्तर्गतकाे लाैराे अभियानका प्रवक्ता हुन्, हरि कार्की।
गत स्थानीय तहकाे निर्वाचनमा पाेखराबाट सुरू भएकाे अटेरी अभियानका संस्थापक हुँदै लाैराे अभियान र हाम्राे नेपाली पार्टीसम्म आउँदा कार्कीले नेपाली राजनीतिमा युवाकाे सहभागीतकाे लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। जसकाे परिणम स्वरूप अहिले देशभर राजनीतिमा स्वतन्त्र युवाहरूकाे लहर चलेकाे छ।
पुराना राजनीतिक दलका बुढा नेताहरूलाई पराजित गरेर नयाँ नेपालकाे सुनाैलाे सपना पूरा गर्ने आकांक्षा लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र युवाहरूलाई एकजुट बनाउनकाे लागि दर्ता भएकाे हाम्राे नेपाली पार्टीमार्फत् उनले युवालाई राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। भने, उनी पनि आफैं गण्डकी प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार हुन्।
उनै लाैराे अभियान्ता हरि कार्कीसँग चुनावी मैदानमा स्वतन्त्र युवाकाे आकर्षण, प्रभाव र भविष्यबारे बिएल नेपाली सेवाका लागि कमल प्रभात बिकले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:
के हाे, लाैराे अभियान ?
जनता पुराना पार्टीबाट वितृष्ण भएकाे अवस्थामा अब त केही गरेर देखाउनुपर्छ भन्ने अभिप्रायले सुरू गरेकाे एकताकाे प्रतीक र एउटा राजनीतिक शुद्धिकरणकाे आन्दाेलन हाे।
हामीले गत स्थानीय निर्वाचनमा पाेखराबाट एउटा आन्दाेलन सुरू गरेका थियाैँ, जसलाई ‘अटेरी अभियान’ नामाङ्करण गरेका थियाैँ। अटेर भनेकाे मान्दिनँ, जाँदिनँ, टेर्दिनँ भनेकाे हाे। पुरानाे पार्टी अथवा पुराना नेताहरूलाई राेकेर नयाँ र सक्षम युवा अगाडि आउनुपर्छ भन्ने हाम्राे मान्यता थियाे। हाम्राे अटेर भनेकाे पुरानाे पार्टीलाई मान्दिनँ भन्ने हाेइन, पुराना पार्टीभित्रका व्यक्तिवादी साेचलाई मान्दिनँ भनेकाे हाे। हामी स्वतन्त्र युवा प्रतिस्पर्धा गरेर राजनीतिक रूपमा सक्रिय हुनुपर्छ भनेर सुरू गरेकाे अभियान हाे, याे।
अभियानकाे सुरूवात कसरी भएकाे थियाे ?
जब तपाईंभन्दा कमजाेर व्यक्तिले तपाईंमाथि शासन गर्छ, त्यतिबेला तपाईंलाई पीडा हुन्छ। म अध्ययपनमा लागेकाे करिब २१ वर्षमा पाेखरा वा गण्डकी क्षेत्रका ३६ हजार विद्यार्थीलाई पढाएकाे छु। मैले पढाउँदै गर्दा केही वर्षअघिसम्म सन्तुष्टि थिएँ तर त्यसले मात्रै परिवर्तन ल्याउने रहिन्छ भन्ने महसुस भयाे। शिक्षा, स्वास्थ्य, राेजगारीलगायत सबै क्षेत्रकाे आधारबिन्दु भनेकाे राजनीति हाे। राजनीतिमा सक्षम व्यक्ति नजाँदासम्म देशकाे कुनै पनि क्षेत्रमा परिवर्तन हुँदैन भने कुरा मैले विद्यार्थीलाई सिकाउन सकेकाे भए सम्भवत राजनीतिक तहमा पनि केही परिवर्तन आउन सक्थ्याे, भन्ने गिल्टी फिल भयाे।
त्याे आत्मगलानी वा मैले गर्न नसकेकाे कामलाई कहाँ गएर पूर्णता दिन सकिन्छ ? भन्ने चाहिँ लागिरहेकाे थियाे। त्यही अवस्थामा हामीले अटेरी अभियान सुरू गर्याैँ। यसमा पढे/लेखेका, स्वावलम्बी, राजनीतिबाट कमाएर खानु छैन भन्ने युवाहरूलाई जाेडेर हामी आन्दाेलनकाे रूपमा लाग्याैँ।
यही अभियानसँग जाेडिएकाे ‘हाम्राे नेपाली पार्टी’ के हाे ? यसले के गर्छ ?
गत स्थानीय तह निर्वाचनमा हामीले सुरू गरेकाे अटेरी अभियानमा करिब ८ हजार उम्मेवार हामीसँग जाेडिनु भएकाे थियाे। उहाँहरूलाई हामीले कान्सिलिङ गरिरहँदा चुनाव चिन्हमा समस्या भयाे। अहिलेकाे संविधान विभेदपूर्ण छ। स्वतन्त्रहरूले नाम दर्ता गरेकाे अवस्थमा पहिलै चुनाव चिन्ह पाउँदैनन्। उम्मेदवारी गर्ने बितिकै चुनाव चिन्ह पाउने व्यवस्था भएकाे भए याे अभियान यसरी पनि जाने थिएन।
तर, समस्या के थियाे भने स्थानीय तह चुनावमा ७ दिनअघि मात्रै चुनाव चिन्ह दिइन्छ। त्याे ७ दिनभित्र कसरी प्रचारप्रसार गर्ने ? भन्ने समस्या थियाे। त्यसकारण त्याे बेला एउटा आइडिया लगायाैँ। हामीलाई निर्वाचन आयाेगले जुन नमुना पत्र दिएकाे थियाे, त्याे पत्रकाे अन्तिमकाे चुनाव चिन्ह लियाेँ। अन्तिममा लाैराे चुनाव चिन्ह थियाे। हामीले लाैराे चुनाव चिन्ह लियाैँ र सबै साथीहरूले पनि त्यही लिनुभयाे। यहीअनुसार लाैराे चुनाव चिन्ह ब्राण्ड बन्याे।
त्यसपछि हामीलाई लाग्याे कि स्थानीय तहमा त याे प्रकारकाे झनझट छ भने प्रतिनिधि र प्रदेश सभाकाे चुनावमा झन धेरै राजनीतिक चलखेल हुने, षडयन्त्र हुने र स्वतन्त्रलाई दबाउने प्रवृति हुन सक्छ भन्ने हामीलाई लाग्याे। त्यसकाे एक मात्र उपाय यसलाई दर्ता गर्नु थियाे। त्यही चुनाव चिन्ह लिनकाे लागि मात्रै दर्ता गरिएकाे पार्टी हाे, हाम्राे नेपाली पार्टी। अहिले लाैराे अभियान र हाम्राे नेपाली पार्टीबीच पारस्पारिक सम्बन्ध छ।
त्यसाे भए त लाैराे चिनाव चिन्ह लिएका उम्मेदवारहरूलाई पार्टीका नीति नियम लागु हुन्छन् हाेला नि ?
पार्टी हुनकाे लागि संगठन चाहिन्छ। तर, हाम्राे कुनै संगठन छैन। त्यसकारण याे एउटा स्वतन्त्रहरूलाई जाेड्ने कडी अर्थात प्राविधिक पार्टका रूपमा बुझ्न आवश्यक छ। जब चुनावपछि हाम्रा उम्मेदवारहरू विजयी हुनुहुन्छ, उहाँहरूलाई ह्वीप लाग्ने भन्ने हुँदैन। ह्वीप एक अर्थमा लाग्छ त्याे हाे, राष्ट्र बेच्ने, घुस खाने र भ्रष्टाचार गरेकाे खण्डमा मात्रै।
तपाईंहरूका उम्मेदवार कहाँ–कहाँ र कस्ता– कस्ता हुनुहुन्छ ?
हामी संख्यालाई भन्दा गुणात्मकतालाई विश्वास गर्छाैँ। हामीले लाैराे अभियान चलाउँदा उम्मेदवारीकाे लागि करिब १ हजार ५ जनाकाे आवेदन आएकाे थियाे। हाम्राे अभियानबाट उम्मेदवार बन्न, व्यक्ति स्वतन्त्र हुनुपर्थ्याे, पढे/लेखेकाे हुनुपर्थ्याे र कुनै क्षेत्रमा विज्ञता हासिल गरेकाे हुनु पर्थ्याे। हाम्राे त्यही क्राइट एरियाअनुसार तिनीहरूलाई काँटछाँट गरिएकाे छ।
हामीले उठाइरहेका उम्मेदवारहरूमध्ये ११ जना त डाक्टर हुनुहुन्छ, २० जनाभन्दा बढी इन्जिनियर हुनुहुन्छ, त्यही हिसाबले वकील र प्रध्यापकहरू हुनुहुन्छ। त्यसबाहेक कृषि, राजनीति, व्यवसायलगात सबै क्षेत्रका मानिसहरूलाई समेटेका छाैँ।
‘मंसिर ४, लाैराे सरकार’ कसरी सम्भव छ ?
कसरी सम्भव छैन ? याे भन्दा अगाडिकाे स्थानीय तह निर्वाचनमा बालेनजी आउनुहुन्छ, काठमाडाैँकाे मेयर हुनुहुन्छ भन्ने थियाे ? थिएन तर सम्भव भयाे।
अहिलेकाे मत सर्वेक्षण हेर्दा पुराना पार्टीकाे प्रचारप्रसारमा हिँडेका युवाले पनि पुराना नेतालाई भाेट दिँदैनन। अहिले स्वतन्त्रमा लहर चलेकाे छ। गत स्थानीय तहकाे निर्वाचनमा हेर्नुहुन्छ भने पनि स्वतन्त्रहरूकाे संख्या ४.३७ प्रतिशत छ, त्याे भनेकाे एउटा राष्ट्रिय पार्टीले पाउने मतभन्दा पनि ठुलाे हाे। फेरि स्थानीय तह निर्वाचनपछि स्वतन्त्र उम्मेदवारले गरेकाे कामले त्याे संख्यालाई १० गुणाले बढाएकाे छ। त्याे कारणले सरकार बन्नुमा समस्याकाे विषय भएन।
यदि सरकार बनेन भने त बुढा नेताहरूकै पुच्छर समाउने त हाेला नि ?
याे त जनताले पनि विचार गर्नुपर्ने कुरा हाे। हामीले कति पटक एक जनालाई प्रधानमन्त्री बनाउने हाे भने देशकाे मुहार फेरिन सक्छ ? त्यसकारण हामी पुराना पाटीसँग जाेडिने हाेइन, उहाँहरू हामीसँग जाेडिनुहुन्छ। अब उहाँहरू हामीसँग जाेडिनुपर्ने बाटाे तयार भएकाे छ, एउटा खालकाे याेजना बनेकाे छ। याे चाहिँ मंसिर ४ गते छर्लङ हुन्छ।
तपाईंहरूसँग चुनावी प्रतिस्पर्धमा लामाे समयदेखि राजनीति गरेका नेताहरू छन्, उनीहरूलाई पराजित गर्न गाह्राे त हाेला नै ती चुनाैतीहरूलाई कसरी लिनुभएकाे छ ?
याे चुनाैती र समस्या लाैराे अभियानकाे मात्रै हाेइन, याे राष्ट्रकाे समस्यकाे विषय हाे। हामीले यसलाई राजनीतिक शुद्धिकरणकाे विषय बनाएर लैजाँदै गर्दा याे लाैराेसँग मात्रै जाेडिने कुरा हाेइन। याे आमनेपालीकाे साझा समस्या हाे। याे सबै नेपालीहरूकाे नै चुनाैती हाे। समस्या र चुनाैती हामी सबैकाे हाे। त्यसकारण हामी सबै नेपाली एकीकृत भएर याे समस्यासँग लडिँरहेका छाैँ। त्याे लड्ने क्रममा काेही न काेही गएर स्टेरिङ समाउने कुरा थियाे, त्याे हामीले समाएका छाैँ। हाम्रा उम्मेदवारहरू क्षमतावान, याेग्य र प्रभावशाली हुनुहुन्छ। त्यसैले चुनाैती हामीलाई छैन, चुनाैती पुराना पार्टीलाई हामीले दिएका छाैँ।
नारामा भनिएजस्तै याे पटककाे चुनावमा लाैराेले देउवा, ओली र प्रचण्डलगायत बुढा नेताहरूलाई सेकाउनुहुन्छ ?
हामीले लाैराेले सेकाउने हाेइन्, मतदाताकाे मतकाे आधारले सेक्ने हाे। त्यसकारण उहाँहरू आफैं सेक्किनुहुन्छ, त्यसमा समस्या छैन।
सधैं यसैगरी स्वतन्त्रहरूलाई खाेज्दै हिँड्नु हुन्छ कि कुनै निश्चित बिन्दुमा पुगेर बाटाे परिवर्तन गर्नुहुन्छ ?
राजनीतिकाे अर्थात् नीति। नीतिले स्थिति परिवर्तन गर्ने हाे। नीतिमा समस्या पुर्याउने काम पुराना पार्टीहरूले गरिरहेका छन्। पुराना पार्टीहरूका ५१ लाख बढी क्रियाशील कार्यकर्ता छन्। हामीहरूलाई नेतालाई पाल्न भन्दा तिनका ५१ लाख कार्यकर्तालाई पाल्न गाह्राे भएकाे हाे। त्यसकारण हाम्राे संरचना फरक हुन्छ, जहाँ आमनेपाली साधारण सदस्य बन्न सक्छन्। यसमा कुनै प्रकारकाे बन्देज रहँदैन।
तपाईं पनि उम्मेदवार हाे ?
याे अभियान चलाइरहँदा नेतृत्व तहमा हामीहरू बसिरहेका छाैँ। नेतृत्व तहमा बसिरहँदा यसका गुण, अवगुण हामीलाई थाहा छ। नेतृत्वमा बसेर उत्प्रेरणा दिने काम सँगै गण्डकी प्रदेश सभा सदस्यकाे समानुपातिक सूचीमा मेराे नाम पनि छ।
जनताले किन तपाईंलाई भाेट दिने ?
मैले १६ वर्षकाे उमेरदेखि नै पढाउन सुरू गरेकाे हाे। अहिलेसम्म आउँदा २१ वर्षकाे शिक्षण अनुभव म सँग छ। सानाे नर्सरीबाट क्यामस प्रमुख भइरहँदाकाे याे दाैडानले मलाई जुन अनुभव दिएकाे छ, त्यसले मैले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सक्छु।
म विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएकाे छु। काेराेना महामारीकै कुरा गर्दा सुरूमा काेभिड भेटिँदा गण्डकी प्रदेशमा एउटा मानिस पनि बाहिर ननिस्किएकाे अवस्थामा हामीले केही डाक्टर, नर्स र व्यवसायीलगायतलाई जाेडेर हाम्राे परिवर्तन नेपाल नामकाे संस्था बनाएर सामाजिक कामहरू गर्याैँ। अस्पताल र लाइन्स क्लबहरू बाहिर ननिस्किएकाे अवस्थमा गण्डकी प्रदेशभरि डुलेर हामीले ६ हजारभन्दा बढी मानिसकाे स्वाव संकलन गर्याैँ। पछि त स्वाव संकलन सहज भयाे तर असहज परिस्थितिमा हामीले सुरू गरेकाे हाे। हामीले हाम्राे ज्यान हत्केलामा राखेर फिल्डमा लाग्याैँ। त्यही क्रममा आर्थिक अवस्था कमजाेर भएका मजदुरहरूकाे घरहरूमा पुगेर खानासमेत खुवाउने काम गर्याैँ।
म मा दुईवटा ठुला महायज्ञ पनि सञ्चालन गरेकाे अनुभव पनि छ। त्यही महायज्ञबाट पाेखरामा एउटा बहुउद्देश्य भवन बनेकाे छ भने अर्काे पाेखराकाे वृद्धा आश्रमकाे भवन निर्माणकाे लागि गरिएकाे महायज्ञकाे प्रचारप्रसार समितिमा म थिएँ। त्यसकारण यी विभिन्न प्रकारका शैक्षिक र सामाजिक अनुभव, अझै भनाैँ व्यवसाय पनि मैले सुरू गरेकाे छु, जहाँ एक सय बढी मानिसहरूले राेजगारी प्राप्त गरिरहेका छन्। यसकाे अर्थ सबै मैले प्राप्त गरेका यी कुराहरूलाई नीतिगत तहमा लैजान सकेकाे खण्डमा याे प्रदेश र देशमा केही परिवर्तन हुन्छ भनेर म उम्मेदवार बनेकाे हाे।
मतदातालाई के भन्नुहुन्छ ?
अब हामीसँग धेरै समय छैन, जम्मा ३० दिन बाँकी छ। त्याे ३० दिन हाेइन, अब आउने ३० वर्ष हाे। एक दिनमा कुनै परिवर्तन हुँदैन तर एक दिनमा गरेकाे सही निर्णयले युगान्तकारी परिवर्तन हुन्छन्। त्याे युगान्तकारी एक दिन मंसिर ४ बनानुहाेस् भन्ने मेराे हार्दिक अनुराेध छ। यसपटक तपाईंहरूकाे मन र मत दुबै बद्लिनुपर्छ। हामीले स्थानीय तह निर्वाचनमा स्वतन्त्रहरूकाे जुन ग्राउण्ड (मैदान) तयार गरेका थियाैँ, त्याे मैदानमा अहिले धेरै खेलाडीहरू आउनुभएकाे छ, उम्मेदवारकाे रूपमा उहाँहरूले लिएरकाे हतियार लाैराे छ। त्यही लाैराेधारी उम्मेदवारलाई जिताउन मेराे अनुराेध छ।
– भिडियाे प्रस्तुती : मदन नेपाली