युवा विदेश पलायन रोक्न मेरो उम्मेदवारी : ई. अधिकारी (अन्तर्वार्ता)

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि इन्जिनियर विशाल अधिकारीले उम्मेदवारी दिएका छन्। घोराही उपमहानगरपालिका–४ मा जन्मिएका ई. अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अधिकारीसँगै दाङ क्षेत्र नम्बर २ बाट एमालेका महासचिव शंकर पोखरेल, गठबन्धनबाट माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मालगायत १५ जनाले उम्मेदवारी दिएका थिए।

ई.अधिकारीले विशेष गरेर युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।

बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले रोजगारीका लागि युवा विदेश पलायन हुनु परेको र त्यसलाई रोक्नका लागि आफूले दाङलाई आइटी हबका रुपमा विकास गर्ने बताए।

बिएल नेपाली सेवासंग कुरा गर्दै अधिकारीले आफूले जित्नेमा शंका नरहेको समेत दाबी गरे। प्रस्तुत छ बिएलकर्मी टोपेन्द्र रोकाले ई. अधिकारीसँग गरेको भिडियो कुराकानी : 

प्रकाशित मिति: : 2022-10-20 07:10:00

प्रतिकृया दिनुहोस्