गठबन्धनका उम्मेदवार जिताउन आग्रह

नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गरेका छन्।

गृहजिल्ला धनुषा आइपुग्नुभएको नेता निधिले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताएका छन्। उनले भने, 'अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ।'

उनले अबदेखि आफू गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन्। निधिले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने जानकारी दिएका छन्।

नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-19 07:04:00

प्रतिकृया दिनुहोस्