हेटाैंडामा मनाइयाे ६७ औं प्रहरी दिवस (तस्विरहरु)

शनि शाक्य

हेटाैंडा

हेटाैंडामा ६७ औं प्रहरी दिवस समापन भएकाे छ। 

साेमबार आयाेजित कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र  आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख अतिथिमा समापन भएकाे हाे। 

उक्त कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिदप्रति मौन धारण गर्दै कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओडाई सम्मान गरिएकाे थियाे। 

त्यसैगरी शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभाव तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई समेत सम्मान गरिएको थियो। 

त्याेसँगै नेपाल प्रहरी कार्य दक्षता मूल्याङकनमा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापा समेत सम्मानित भएका थिए। 

उनीहरूसँगै प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो। 

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानुन सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-10-17 16:38:00

प्रतिकृया दिनुहोस्