प्रचण्डसहित शीर्ष नेता, कलाकारहरूद्वारा सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका कार्यालयमा पुगेका छन्।

आइतबार निधन भएका शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली दिन प्रचण्ड ललितपुर महानगर परिसरमा पुगेका हुन्। उनले जोशीकाे पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यसअघि जोशीलाई श्रद्धाञ्जली दिन महानगर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन्।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन जीवनराम श्रेष्ठ, पम्फा भुसाललगायत मन्त्रीगणहरू, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेका छन्।

प्रकाशित मिति: : 2022-10-16 14:08:00

प्रतिकृया दिनुहोस्