अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

file photo
file photo

चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेकाे हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

त्यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ।

यसरी फर्किने धेरैजसाे इजरायली पर्यटक छन्। केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन्। केही पर्यटक अझै मनाङमै छन्। यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेकाे पर्यटन व्यवसायी विनोद गुरुङले बताए। उनका अनुसार हिमपात जारी छ। त्यो हेर्न पनि पर्यटक आएका हुन्। केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ पुगेकाे उनले बताए।

एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन्। 

प्रकाशित मिति: : 2022-10-13 16:55:00

प्रतिकृया दिनुहोस्