ज्यान मार्ने कसुरमा संलग्न आठ जना सार्वजनिक

शनि शाक्य

काठमाडौं
Symbolic photo
Symbolic photo

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले ज्यान मार्ने कसुरमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।   

गत मंगलबार प्लाटिनम क्लबका दुई बाउन्सर माथि खुकुरी  प्रहार गर्ने दावादोर्जे शेर्पा सहितको टोलीलाई प्रहरीले सार्वजनिक गरेको हो।  

पक्राउ पर्नेमा दोलखा सैलुङ घर भएका विनोद तामाङ र जीवन तामाङ, रामेछाप घर भएका विकास श्रेष्ठ, दोलखाका प्रदिप तामाङ, सिन्धुपाल्चोकका दावादोर्जे शेर्पा ,सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र खत्री, काभ्रेका दिपेन लामा र सिन्धुपाल्चोक बाह्रबिसे घर भएका करण डंगोल रहेका छन्। 

मंगलबार बिहान दरबारमार्गबाट डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेका थिए। 

गत भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण आक्रमण गरेको आरोपीले स्वीकार गरेका छन्। यससँगै प्रहरीले घटनामा प्रयोग गरिएको तिन थान खुकुरी र दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ। 


 

प्रकाशित मिति: : 2022-10-13 16:13:00

प्रतिकृया दिनुहोस्