युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा

File photo
File photo

युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ।

अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण गरेको र युक्रेनलाई जारी सैन्य सहायता गर्ने बाचा गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू ‘स्तब्ध’ भएको बताएका छन्।

भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिइएको बताएका छन्। रुसले ८३ क्षेप्यास्त्रले आक्रमण गरेकोमा ४३ भन्दा बढीलाई खसालिएको युक्रेनले दाबी गरेको छ। एक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनलाई त्रसित पार्न सकिँदैन।

लिभिभ, खार्किभ, दिनिप्रो र जापोरिजिया सहरमा रुसी सेनाले हमला गरेको थियो। पछिल्लो हमला केही महिनादेखि युक्रेनले देखेको सबैभन्दा खराबमध्येको एक थियो। ती हमलामा १४ जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन्।

आक्रमणपछि धेरै क्षेत्रमा विद्युत् तथा पानीको आपूर्ति रोकिएको छ भने उर्जा पूर्वाधार नराम्रोसँग क्षतिग्रस्त बनेका छन्।

प्रकाशित मिति: : 2022-10-11 14:05:00

प्रतिकृया दिनुहोस्