हुम्लामा पहिरोले घर पुरिँदा ४ काे मृत्यु, ५ जना घाइते

File Photo
File Photo

हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन्।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा विक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया वसन्त विक छन्।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-10-10 12:13:00

प्रतिकृया दिनुहोस्