कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन्।

जिल्लाको तिलागुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको अन्त्येष्टिमा गएका  १५ जना बेपत्ता भएका हुन्।

मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

‘गाउँलेले १४–१५ जना बेपत्ता भएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ,’ शर्माले भने, ‘घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ।’

प्रकाशित मिति: : 2022-10-10 11:05:00

प्रतिकृया दिनुहोस्