दक्षिण कोरियाद्वारा दुई वटा ब्यालिष्टिक मिसाइल प्रहार

File photo
File photo

उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो। 

उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाको सेनाको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ। यो दुई साताको अवधिमा सातौँ परीक्षण हो। परीक्षणबारे थप जानकारी भने दिइएको छैन्।

‘हाम्रो निगरानी र सतर्कतालाई सुदृढ गर्दै गर्दा हाम्रो सेनाले अमेरिकासँग नजिकको सहयोगमा पूर्ण तत्परता कायम राखेको छ’, जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमा भनेको छ। जापानका रक्षामन्त्री तोसिरो इनोलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टअनुसार दुवै मिसाइल १०० किलोमिटरको उचाइमा पुगेका थिए।
 

प्रकाशित मिति: : 2022-10-09 14:18:00

प्रतिकृया दिनुहोस्