जन्मदिनमा पुटिनलाई ट्र्याक्टर उपहार

File photo
File photo

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्मदिनमा अनौठो उपहार प्राप्त गरेका छन्। युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्र्याक्टर उपहार प्राप्त गरेका हुन्।

पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन्। रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन्। पुटिनलाई ट्र्याक्टर उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन्।

युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन्। युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन्। लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन्।
 

प्रकाशित मिति: : 2022-10-09 12:13:00

प्रतिकृया दिनुहोस्