तालमेलको क्षेत्र छाडेर एमालेले प्रदेश–१ मा उम्मेदवारको टुंगो लगायो 

BreaknLinks
BreaknLinks

नेकपा (एमाले)ले प्रदेश १ का १४ वटै जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ।

नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले उम्मेदवार टुंगो लगाएको हो। 

झापा
झापा १ मा अग्नी खरेल, ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद साँवा, २ मा देवराज घिमिरेले टिकट पाएका छन्। क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई छाडेको छ। 

यस्तै प्रदेशतर्फ ५ (क) बाट स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र (ख) मा होमबहादुर थापाले टिकट पाएका छन्। ४ (क) राधाकृष्ण खनाल र ४ (ख) राप्रपाले पाउने भएको छ। ३ (क) मा वषन्त बानिँया र (ख) मा हरी राजवंशी, २ (क) मा एकराज कार्की, (ख) मा चिन्तन पाठक र १ (क) मा रविन कोइरालाले टिकट पाएका छन्। १(ख) एमालेले राप्रपालाई छाडेको छ। 

मोरङ
मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडाले टिकट पाएका छन्। क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा उमाकान्त गौमत र (ख) मा खड्ग बस्नेतले टिकट पाएका छन्।

क्षेत्र नम्बर २ मा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले टिकट पाएका छन्। प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदार बनेका छन्।

३ बाट स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट पाएका छन्। प्रदेश (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्।

क्षेत्र नम्बर ४ बाट एमालेले केन्द्रीय सदस्य विनोद ढकाललाई टिकट दिएको छ। प्रदेश (क) मा एमालेले जयप्रकाश चौधरीलाई टिकट दिएको छ। (ख) मा भने जसपाबाट सन्जय सिंहले टिकट पाएका छन्। मोरङ ५ जसपाले पाएको छ। यो क्षेत्रमा राजकुमार यादवले टिकट पाएका छन्। प्रदेश (क) मा एमालेका सन्तोष शाह र (ख) मा जसपाका जयराम यादवले टिकट पाएका छन्। 

मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन्। प्रदेश (क) बाट रिता न्यौपानेले टिकट पाउँदा (ख) मा जसपाका राजेन्द्र गुप्ताले टिकट पाएका छन्।

सुनसरी
सुनसरी क्षेत्र नम्बर १ एमालेले जसपालाई छाडेको छ। अन्य निर्वाचन क्षेत्रमा भने एमालेले उम्मेदवार टुंगो लगाएको छ।

सुनसरी क्षेत्र नम्बर २ मा भीम आचार्य, ३ मा भगवती चौधरी र ४ मा जगदिश कुसीयैतले टिकट पाएका छन्। सुनसरी क्षेत्र नम्बर १ को प्रदेश (क) मा रमेश बस्नेत, (ख) मा विजय राई, २ (क) मा रेवतीरमण भण्डारी, (ख) मा रामप्रसाद मेहता, ३ (क) मा रोहित प्रसाई र (ख) बाट रामदेव मेहताले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ (क) जसपालाई छाडेर (ख) मा एमालेले अब्बास मियाँलाई टिकट दिएको छ।

उदयपुर
उदयपुर क्षेत्र नम्बर १ मा मञ्जु चौधरी र २ मा ज्ञानेन्द्र श्रेष्ठले टिकट पाएका छन्। प्रदेश १ (क) मा विमल कार्की, (ख) मा इश्वरमणी राउतले टिकट पाएका छन्। प्रदेश २ (क) मा देवराज राई र (ख) मा जिवनाथ दाहालले टिकट पाएका छन्।

ताप्लेजुङ 
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। प्रदेश (क) बाट तिलकुमार मेन्याङ्बो र (ख) बाट मणिशंकर पोमुले टिकट पाएका छन्।

धनकुटा
प्रतिनिधिसभा सदस्यमा धनकुटामा नेकपा एमालेबाट राजेन्द्र राईले टिकट पाएका छन्। यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा निरन राई र (ख) मा इन्द्रमणी पराजुलीले टिकट पाएका छन्। 

इलाम
इलाम क्षेत्र नम्बर १ मा काजीमान कागते र २ सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। यस्तै प्रदेश १ (क) मा शोभा पराजुली, (ख) मा दिपक थेवे, २ (क) मा गणेश बराल र (ख) मा रामबहादुर रानाले टिकट पाएका छन्। 

संखुवासभा
राजेन्द्र गौतमले संखुवासभामा प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। प्रदेश (क) मा भविश्वर गुरुङ र (ख) मा विदुर लिङ्थेपले टिकट पाएका छन्। 

तेह्रथुम 
एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको तेह्रथुममा २३ वर्षपछि प्रतिनिधि सभामा विजय सुब्बाले टिकट पाएका छन्।  प्रदेश ( क) मा तेजमान कन्दङवा र (ख) बाट किशोरचन्द्र दुलालले टिकट पाएको एमालेले जनाएको छ। 

खोटाङ 
खोटाङमा प्रतिनिधि सभा सदस्यमा विशाल भट्टराईले टिकट पाएका छन्। एमालेका प्रमुख सचेतकसमेत रहेका भट्टराई २०७४ को निर्वाचनमा पनि खोटाङबाट निर्वाचित भएका थिए।   प्रदेश (क) मा पि.क. राई र (ख) बाट रामप्रसाद दंगालले टिकट पाएका छन्। 

सोलुखुम्बु
मानवीर राईले सोलुखुम्बुबाट प्रतिनिधि सभाका टिकट पाएका छन्। यता प्रदेश (क) मा उत्तमकुमार बस्नेत र (ख) मा बुद्धिकुमार राजभण्डारीले टिकट पाएका छन्। बस्नेत र राजभण्डारी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए। 
ओखलढुंगा
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य पदका लागि यज्ञराज सुनुवारले टिकट पाएका छन्। प्रदेश (क) मा अम्बरबहादुर गुरुङ दोहोरिँदा र क्षेत्र नम्बर (ख) मा ज्ञानबहादुर खड्काले टिकट पाएका छन्। 

पाँचथर
पाँचथरमा एमालेले प्रतिनिधिसभामा बसन्त नेम्वाङलाई टिकट दिएको छ। प्रदेश (क) मा राजकुमार भण्डारी र (ख) मा अइन्द्रसुन्दर नेम्वाङलाई टिकट दिएको छ। 

भोजपुर 
भोजपुरबाट प्रतिनिधि सभामा शेरधन राईले टिकट पाएका छन्। प्रदेश (क) मा हरिबहादुर राई र (ख) मा खड्गबहादुर कार्कीले टिकट पाएको एमाले स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-08 08:35:00

प्रतिकृया दिनुहोस्