बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। ५ संघीय र १० प्रदेश निर्वाचन क्षेत्र रहेको झापा प्रतिनिधिसभाामा १ र प्रदेशमा २ सिट दिएर सहमति हुन लागेको हो।
संघमा एमालेले राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनको क्षेत्र दिने भएको छ। २०७४ को निर्वाचनमा पनि एमाले र माओवादीको गठबन्धनले लिङ्देनलाई चुनावमा सघाएको थियो। यता प्रदेशमा भने ३, ४ र ५ निर्वाचन क्षेत्र मध्येका दुई निर्वाचन क्षेत्र दिने तयारी भएको छ।
राप्रपा र एमालेबिच देशव्यापी तालमेल हुने छलफल भइरहे पनि राप्रपाको आवश्यकता अनुसार जिल्लास्तरमा सहमति हुन थालेको हो।
नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार तालमेलका विषयमा केन्द्रमा छलफल भइरहेको छ। सिट भागबन्डा गर्नेकारे भोली टुंगो लाग्ने छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया