भारतमै ‘प्रचण्ड’ बनाएको रक्षामन्त्रीकाे दाबी, भन्छन्– नाम है प्रचण्ड

भारतले आफ्नै पहल र प्रविधिमा नयाँ खाले हलुका हेलिकप्टरको विकास गरेको बताएको छ। भारतीय वायुसेनाले पहिलो खेपमा उक्त हेलिकप्टर बनाइएको जानकारी दिएको छ।

रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा आज जोधपुरमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो। मन्त्री सिंहले हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखिएको बताएका छन्।

हेलिकप्टरको इञ्जिन भारतीय एरोनटिक्स लिमिटेडले बनाएको हो। हेलिकप्टरको तौल पाँच हजार ८ सय किलोग्राम छ। साथै, २० एमएमको गोली प्रयोग हुने अत्याधुनिक हतियार र ७० एमएमको रकेट सिष्टमले सुसज्जित भएको बताइन्छ।

सबै खालको मौसममा उडाउन मिल्ने र उच्च भूभागमा समेत प्रयोग गर्न मिल्ने बताइएको उक्त हेलिकप्टर सेनाको ‘अपरेसन’ मा सहयोगी हुने जानकारी पनि दिइएको छ।

रिमोटबाट समेत उडाउन सकिने भनिएको उक्त हेलिकप्टरले दुश्मनको आक्रमणलाई आकाशबाट निस्तेज पार्ने दाबी गरिएको छ। यो हेलिकप्टर रातको समयमा समेत उडाउन मिल्ने सेनाको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-04 06:56:00

प्रतिकृया दिनुहोस्