बाजुरामा दलित मन्दिर प्रवेश गरेको भन्दै वडाध्यक्षकौ संम्लग्नतामा कुटपिट

बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिलाई निर्घात कुटपिट गरिएकाे छ।

बुढीगंगा नगरपालिका घर भई हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका समयमा कुटपिट गरिएको प्रहरीले जनाएको छ।

घटनामा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन्। साथै  आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी उनले गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको बाजुरा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-29 10:00:00

प्रतिकृया दिनुहोस्