डिआईजी किरण बज्राचार्यले गरिन् आवास गृहको उद्घाटन 

शनि शाक्य

हेटौंडा

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले नवनिर्मीत सिनियर प्रहरी अधिकृत आवास गृहको उद्घाटन गरेकी छन्। 

उनले बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा सम्पन्न नवनिर्मीत सिनियर प्रहरी अधिकृत आवास गृहको उद्घाटन  गरेकी हुन्। 

बालाजी निर्माण सेवा भरतपुरसँग ठेक्का सम्झौता भई सम्पन्न भएको भवनलाई उद्घाटन उनले भनिन्, 'नेपाल प्रहरीमा रहेको भौतिक पूर्वाधारहरुको कमीलाई पूरा गर्दै लैजाउने छौँ।'

त्यसैगरी सो उद्घाटन कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख, उद्योग वाणिज्य र उद्योग संघ लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-09-28 22:04:00

प्रतिकृया दिनुहोस्