जुम्लामा बालविवाह न्यूनिकरण गर्न साझा अभियान चलाइँदै

जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनिकरणका लागि साझा अभियान चलाइने भएको छ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन्। यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन्। 

लजसमा पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसी र सांग्रिला एशोसियसनलगायतका संस्थाले वालविवाहविरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए। उनका अनुसार कर्णाली प्रदेशमा कार्यरत २५ संस्थाको भेलाले अभियान सुरू भइसकेको छ।

अभियानका संयोजक चेतन गिरीका अनुसार कर्णालीमा बालविवाहको दर घटेन भन्ने छ तर यसको एकिन तथ्यांक छैन । संस्थाहरूको साझा अभियानले यस विषयमा समन्वय गर्न सहयोग गर्न आवश्यक रहेको उनले बताए।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको रुपमा काम गर्ने भएको छ। संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत जोडेका छन्। 

प्रकाशित मिति: : 2022-09-28 17:43:00

प्रतिकृया दिनुहोस्