युगान्डामा इबोलाका संक्रमण बढ्दै, ५ जनाको मृत्यु

File Photo
File Photo

अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ।

मध्य युुगान्डाका तीन जिल्लाहरुमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि भएको थियो।

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ। यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

आफूूहरुलाई सुुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन्।

प्रकाशित मिति: : 2022-09-28 07:08:00

प्रतिकृया दिनुहोस्