हनुमानढोकाको दसैंघरमा राखियो जमरा (फोटो/भिडियाे)

शनि शाक्य

काठमाडाैँ

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार विधिवत रूपमा जमरा राखिएको छ।

परम्पराअनुसार बिहान १०ः२३ बजेको शुभसाइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो।

साेही अवसरमा हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए। हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ।

सोमबारबाट नवरात्र सुरु भएको छ। नवरात्रकाे दिन गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ।

प्रकाशित मिति: : 2022-09-26 12:27:00

प्रतिकृया दिनुहोस्