तुषार कालियाले जिते खतरों के खिलाडी

File Photo
File Photo

तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो

‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन्। ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए। शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र एक कार पोल्टामा पारे।

सामाजिक सञ्जाल स्टार फैसल शेख उर्फ मिस्टर फैजू फस्ट रनर अप बने। मोहित मलिक पनि ग्राण्ड फिनाले राउण्डसम्म पुगे। टेलिभिजन अभिनेत्री जन्नत जुबैर समय बढी लिएको कारण सेमीफाइनल राउण्डमै पराजित भइन्। शोको सञ्चालन रोहित शेट्टीले गरेका थिए।

फिनालेमा बलिउड अभिनेता रणवीर सिंह, वरुण शर्मा पनि अतिथीका रुपमा सहभागी थिए। शोको फिनालेको उत्कृष्ट ५ मा तुषार कालिया, जन्नत जुबैर, फैजल शेख, मोहित मलिक, रुबिना दिलैक र कनिका मन रहेका थिए।

प्रकाशित मिति: : 2022-09-26 09:50:00

प्रतिकृया दिनुहोस्