गाइवस्तु तस्करले थापेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु 

File Photo
File Photo

उत्तरी केन्यामा गाइवस्तु तस्करले राखेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार तुर्काना काउन्टीमा भएको उक्त हिंसामा मारिएकामध्ये आठ अधिकारी, दुई नागरिक र एक स्थानीय प्रमुख रहेका छन्। राष्ट्रिय प्रहरी सेवाका सदस्यहरूले यसअघि गाउँमा छापा मारेर गाईवस्तु चोरेका डाकुहरूलाई पछ्याइरहेका थिए। यस क्षेत्रमा गाईवस्तु र पानीलाई लिएर हुन झडप सामान्य हुन्।

गाइवस्तुको तस्करको मुख्य हव बनेको यस क्षेत्रले जलवायु परिवर्तनको असर पनि झेलेको छ। पूर्वी अफ्रिकाले चार दशकमा सामना गरेको खराब  खडेरीबाट यो क्षेत्र पनि प्रभावित भएको छ। पानी र वर्षाको अभावमा ठूलो संख्यामा गाईवस्तु मरेका र बाली उत्पादन हुन सकेको छैन्।

मानिसहरू खाना र पानीको लागि हताश छन्। संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले पूर्वी अफ्रिकामा २ करोड मानिसहरू गम्भीर भोकमरीको जोखिममा रहेको जनाएको छ।

प्रकाशित मिति: : 2022-09-26 09:12:00

प्रतिकृया दिनुहोस्