इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो

File Photo
File Photo

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ।

इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन्। पेरिसमा रहेको इरानको दुतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो।

 त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन्।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १० दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्। प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ।

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। यसबीच, महिलाहरुले लगातार १०औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

प्रकाशित मिति: : 2022-09-26 07:40:00

प्रतिकृया दिनुहोस्