नेवाः पत्रकार राष्ट्रिय दबूकाे अध्यक्षमा मञ्जु निर्वाचित 

शनि शाक्य

ललितपुर

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन्।

२०५४ सालदेखि सञ्चारको श्रृव्य विधामा सक्रिय रहेकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्।

कार्यसमितिको उपाध्यक्षद्वय लक्ष्मीकुमारी श्रेष्ठ, सुनीता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहेकी छन्। त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत रहेकी छन्।

कार्यसमितिमा निर्वतमान अध्यक्ष सागर महर्जन पनि रहनेछन्। त्यसैगरी केन्द्रीय सभासद्मा सागर महर्जन, विश्वन्तर शाक्य,सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन भएका छन्।

निर्वाचित हुनुहुनेलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलालले प्रमाणपत्र वितरण गरे।

यस अघि आयोजित समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारितालाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासमा पुर्याएको भूमिका बारे केन्द्रीत गरी आफ्नो भनाई राखे।

सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानले पत्रकारिताको विकासको लागि पत्रकार राष्ट्रिय दबूसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: : 2022-09-24 18:39:00

प्रतिकृया दिनुहोस्