बिएल संवाददाता
सिरहाकाे लहान यायायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत विजय दाहालले चालक अनुमति प्रमाणपत्र बनाउन मासिक ३ देखि ५ कराेड रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्दै आएकाे तथ्य फेला परेकाे छ।
बिएल नेपाली सेवालाई प्राप्त प्रमाणहरूले दाहालले मासिक ३ देखि ५ कराेड रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएकाे पाइएकाे हाे।
गत वर्षकाे चैत महिनामा दाहालले बिचाैलिया जयप्रकाश साह (जेपी) मार्फत अनाधिकृत रूपमा २ कराेड ८४ लाख रूपैयाँ लिएका थिए (हे.लिस्ट)।
प्राप्त लिस्टअनुसार गएकाे चैत महिनामा कार/जिपकाे ५ सय ८४ वटा सवारी चालक अनुमति प्रमाणपत्र बनाए बापत दहालले १ कराेड १६ लाख ८० हजार रूपैयाँ बुझेका थिए।
माेटर साइकलकाे १ हजार लाइसेन्स बनाएबापत दाहालले १ कराेड रूपैयाँ अनाधिकृत रूपमा असुलेकाे देखिन्छ। त्यस्तै टेम्पाेकाे १ सय २३ वटा लाइसेन्स बनाएकाे दाहालले १२ लाख ३० हजार, मिनि बस र हायसकाे ५० वटा लाइसेन्स बनाएकाे १० लाख रूपैयाँ दाहालले बुझेका थिए।
हेब्बी ट्रक/बसकाे १ सय वटा लाइसेन्स बनाएकाे दाहालले २५ लाख लिएका थिए। त्यस्तै जेसिबी, राेड लाेडरकाे ५० वटा लाइसेन्स बनाएबापत दाहालले १५ लाख गरी दाहालले गएकाे चैत महिनामा मात्रै २ कराेड ८४ लाख १० हजार रूपैयाँ लिएका थिए।
सवारी चालक अनुमति प्रमाणपत्र वितरण शाखाका एक कर्मचारीका अनुसार लाइसेन्स बनाएबापत कम्प्युटर अधिकृत दाहालले मासिक ३ देखि ५ कराेडभन्दा बढी रकम बिचाैलियाका नाइके जेपीमार्फत बुझ्दै आएका छन्। यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा दाहालकाे माेवाइल अफ थियाे।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया