चाडपर्वमा बढी दुर्घटना

गोरखापत्र

केशब राज पौडेल
File Photo
File Photo

काठमाडौँ, असोज ८ गते । बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।

प्रकाशित मिति: : 2022-09-24 08:44:00

प्रतिकृया दिनुहोस्