बैंकहरूले क्षमताभन्दा बढी लगानी गर्दासमेत ४६ प्रतिशतले घट्यो घरजग्गा कारोबार

लोकान्तर

काठमाडाैं

वाणिज्य बैंकहरूले क्षमताभन्दा बढी लगानी गरिरहेको भए पनि घरजग्गा कारोबार भने ४६ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंकहरूको निक्षेप संकलन गत साउनमा असारको तुलनामा १ खर्ब ८ अर्ब ७ करोड रुपैयाँले घटेका कारण कर्जा प्रवाह गर्न मुस्किल छ ।

तथ्यांकअनुसार गत साउनमा बैंकहरूको कर्जा लगानी जम्मा १ अर्ब ६८ करोड रुपैयाँ मात्रै छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले पछिल्लो एक महिनामा घरजग्गामा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूबाट साउनमा समग्र घरजग्गामा १२ अर्ब ६२ करोड र डेढ करोडसम्मको आवासीय कर्जामा ४ अर्ब १७ करोड रुपैयाँ लगानी भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असारसम्ममा डेढ करोडसम्मका घरमा ३ खर्ब ३७ अर्ब ७९ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तो कर्जा लगानी साउनमा ४ अर्बले बढेर ३ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ पुगेको देखिएको छ । 

डेढ करोडमाथिका घरजग्गामा भएको बैंकहरूको लगानी गत साउनमा १२ अर्ब ६२ करोड रुपैयाँले बढेको छ । यस्तो लगानी असारसम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । बैंकहरूले गरेको यस्ता घरमाथिको कर्जा लगानी साउनमा २ खर्ब ४० अर्ब रुपैयाँ पुगेको समेत तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति: : 2022-09-23 15:38:00

प्रतिकृया दिनुहोस्