उमेश थापा
१७ वर्षिय नाबालिकलाई बलात्कार गरेको आरोप लागेका सन्दिप लामिछाने फरार भएका छन्।
क्रिकेट नखेली फर्किने भनिएका उनी अहिलेसम्म बेपत्ता छन्। नेपाल फर्किन्छु भनेर देश बाहिर लुकेर बसेका उनी झनै शंकाको फन्दामा परिरहेका छन्।
बेपत्ता भएको ११ दिन बितिसक्दा पनि उनलाई प्रहरीले समात्न सकेको छैन। उनले सामाजिक सञ्जालमा निर्दोष छु भन्दै ट्वीट गरिरहेका छन्।
यदी उनी साच्चिँकै निर्दोष छन् भने किन लुकिरहेका छन् त? काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जसकारण उनलाई नेपाल आउने बित्तिकै विमानबाट पक्राउ गरिने भएको छ।
त्यसैगरी सन्दिपले आफ्नो बचाउका लागि विदेशमै वकिलसमेत बोलाएका छन्। सन्दिपको वकालत गर्नका लागि अधिवक्ता सरोज घिमिरे सिंगापुर पुगिसकेका छन्।
सन्दिपले आफ्नो वकालत गर्नका लागि वकिललाई नै विदेश बोलाउनु कत्तिको उचित छ र? उनले नेपाल आएर कानुनको सहयोग लिनु पर्दैन र? त्यसो गर्नाले सन्दिपले आफ्नो बचाउ होइन उल्टै आफूलाई समस्यामा पारिरहेका छन्।
खेलाडी भनेको देशको गहना हो। उनले नाबालिकालाई बलात्कार गर्नु उचित होइन। उनले नाबालिकासँग शारीरिक सम्पर्क राख्नु भनेको जेलमा १० देखि १२ वर्षको सजाय काट्नु हो।
सन्दिप लामिछाने लुकेर बस्नु भनेको आफूले आफैँलाई समस्यामा ढकेल्नु जस्तै हो। के सन्दिप लामिछाने सजायबाट बच्न खोजेका हुन ? कि आफ्नै गल्तीबाट लुक्न खोजेका हुन्?
यदी उनले कुनै गल्ती नगरेका भए सायद नेपाल आएर कानुनमा जान्थे होला तर उनी त झनै कानुनबाट टाढा भागिरहेका छन्। यसो गर्नाले सन्दिप निर्दोष होइन दोषी साबित भइरहेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया