                                प्रतिस्णा रेग्मी
खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले चार्डपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
कम्पनीले दसैँ, तिहार तथा छठलाई मध्यनजर गरेर सहुलियत पसल सञ्चालनमा ल्याएको हो।
असोज १ गतेदेखि सहुलियत पसल सुरू भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालय काठमाडौंकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्।
 डेढ महिनाको लागि सहुलियत पसल खुलेको बताउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, 'चार्डलाई लक्षित पारेर कार्तिक १५ गतेसम्मका लागि सहुलियत पसलको सुरुवात गरिएको हो।’
डेढ महिनाको लागि सहुलियत पसल खुलेको बताउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, 'चार्डलाई लक्षित पारेर कार्तिक १५ गतेसम्मका लागि सहुलियत पसलको सुरुवात गरिएको हो।’
आफूहरुले उपभोक्ताहरुलाई सुपथ मूल्यमा सामानहरु दिने गरेको उनले बताइन्। छहामीले उपभोक्ताहरुलार्य गुणस्तरीय सामानहरु उपलब्ध गराइरहेका छौँ’ उनले भनिन्।
विगतका वर्षहरुमा प्रत्येक सामानहरुमा ५ रुपैयाँ छुट दिएको तर यसपटक भने ७ देखि १० रुपैयाँसम्म नै छुट गरेको उनले बताइन्।
 'यो पटक चामल, दाल ,चिउरा, तेल, लगायतका सामानहरुमा ७ रुपैयाँ डिस्काउण्ड गरेका छौँ, त्यसैगरी गेडागुडीमा भने १० रुपैयाँ छुट दिएका छौँ’ उनले भनिन्, 'हामीले सरकारको निर्देशनअनुसार छुट दिएका हौँ।’
'यो पटक चामल, दाल ,चिउरा, तेल, लगायतका सामानहरुमा ७ रुपैयाँ डिस्काउण्ड गरेका छौँ, त्यसैगरी गेडागुडीमा भने १० रुपैयाँ छुट दिएका छौँ’ उनले भनिन्, 'हामीले सरकारको निर्देशनअनुसार छुट दिएका हौँ।’ 
दुई हजार खसी र पाँच सय च्याङग्रा ल्याउने तयारी
कोरोना कहरका कारण विगतका दिनहरुमा खसीबोका र च्याङग्रा नल्याएपनि यसपटक भने ल्याउने तयारी भइरहेको प्रमुख थापाले बताइन्।
 'विगतमा कोरोनाको कारण ल्याउन सकेका थिएनौँ तर यसपटक भने दार्चुला, नेपालगन्ज र दाङबाट दुई हजार खसी बोका र पाँच सय च्याङग्रा ल्याउने तयारी गरिरहेका छौँ’ उनले भनिन्, छहामीकहाँ किन्न आउने उपभोक्ताहरुलाई प्रतिकेजी १० रुपैयाँ छुट दिनेछौँ।’

दसैँ नजिकिएसँगै उपभोक्ताहरुको चहलपहल बढेको बताउँदै उनी भन्छिन्, 'हामीसँग खाद्यान्न पर्याप्त मात्रामा छ। यहाँ मात्र होइन तराईको कार्यालयमा पनि खाद्यान्न प्रशस्त छ। त्यसैले खाद्यान्नको कुनै समस्या छैन।’

                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया