ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प आएको छ।

ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ।

भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ। 

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ। तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

ताइवानको केन्द्रिय मौसम व्युरोले भूकम्प ६ दशमलब ४ म्याग्निच्युड रहेको जनाएको छ। दुईओटा टेक्टानिक प्लेटको बिचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ। ७ म्गाग्नेच्युडको भूकम्प नजादासम्म सामान्यतया सुनामीको चेतावनी दिँइदैन।

प्रकाशित मिति: : 2022-09-18 07:23:00

प्रतिकृया दिनुहोस्