इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

File photo
File photo

इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ। हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ।

सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन।

सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ।

प्रकाशित मिति: : 2022-09-17 12:22:00

प्रतिकृया दिनुहोस्