किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

बिएल संवाददाता

किर्गिस्तान
Photo - defence.pk
Photo - defence.pk

किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ।

हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविराममा सहमति जनाएका थिए। दुवै पक्षले हिंसा सुरु गरेको र युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन्। किर्गिजस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
हिंसाबाट बच्न झण्डै २० हजार मानिस आफ्नो घर छोडेर भागेका रेड क्रसको क्षेत्रीय शाखाले रिपोर्ट गरेको छ। गत वर्ष दुई देशबीच सीमामा भएको झडपमा कम्तीमा ५० जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2022-09-17 08:57:00

प्रतिकृया दिनुहोस्