धरापउन्मुख लोकतन्त्र कसले जोगाउने ?

नयाँ पत्रिका दैनिक

विनोद सिजापति

प्रजातन्त्रको पुनस्र्थापनापछि गठित प्रथम निर्वाचित सरकारले शपथग्रहण गरेलगत्तै सर्वमान्य नेता गणेशमान सिंहले ‘प्रजातन्त्र खतरामा छ’ भन्न थाल्नुभयो । निरंकुश राजा तथा महाराजाविरुद्ध क्रान्तिमा नेतृत्वदायी भूमिका निभाउने व्यक्ति प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला) विधिवत् निर्वाचित भएका थिए ।

तिनका दौँतरी क्रान्तिकारी तथा जीवनको सुरुवातदेखि प्रजातन्त्र स्थापनाका निमित्त ‘टाउकामा कात्रो बाँधेर हिँड्ने’ नेताहरूको वर्चस्व थियो मन्त्रिमण्डलमा ।

प्रथम जनआन्दोलनले तीन दशक लामो ‘निरंकुश’ पञ्चायती व्यवस्थालाई ढालेको दुई वर्ष पनि बितेको थिएन । संवैधानिक राजतन्त्रको प्रावधानसहितको संविधान (विश्वकै उत्कृष्ट भनिएको) लागू भएको थियो । त्यस्तो राजनीतिक माहोलमा पनि सर्वमान्य नेताले किन उनकै नेतृत्वमा पुनस्र्थापित प्रजातन्त्रलाई खतरा देखे ? 

प्रकाशित मिति: : 2022-09-15 10:28:00

प्रतिकृया दिनुहोस्