दसैँका लागि नयाँ नोट साट्न आजदेखि सुरू (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नेपाल राष्ट्र बैंकले आजदेखि दसैंका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएकाे छ। राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ। 

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्। यो वर्ष पहिलेको तुलनामा भन्दा कम भिडभाड देखिएको छ। 

नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने असोज २ गतेबाट नयाँ नोट साट्ने छन्। 

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन गरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले बताएका छन् । 

प्रकाशित मिति: : 2022-09-14 13:53:00

प्रतिकृया दिनुहोस्