ट्राफिक प्रहरीको मनमानीले जनतालाई सास्ती

उमेश थापा

काठमाडाैँ
BreaknLinks
BreaknLinks

नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु भ्रमणमा निस्कँदा सडक अस्तव्यस्त बनेको छ।

आफ्ना गन्तव्यका साथ हिडेका यात्री बाटोमा अलपत्र परेका छन्। गाडीहरु घण्टौं देखि जाममा परेका छन्। 

ज्ञानेश्वरमा सडक बिग्रिएको हुँदा एक लेनमा मात्र सवारी आवातजावत भईरहेका छन्। जसकारण जनताहरुले निकै दुःख भोग्नु परेको छ। 

मंगलबार बिहान सुहन श्रेष्ठ ९ बजे मैतिदेवि हुँदै कार्यलय जाँदै थिए। चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु भ्रमणमा निस्किँदा बाटो खाली स्वाभविक हो। तर डियुटीमा खटिएका ट्राफिक प्रहरी तर्कराज महले त्यहाँ भएका सवारी चालकलाई अपशब्द प्रयोग गर्दै आफैँ छेउमा बोलाएर चिट काटे।

ज्ञानेश्वर देखि मैतिदेवि हुँदै कोरिडोरको बाटोबाट बानेश्वर पुग्नु सुहनको दैनिकी हो। तर, आज भने अध्यक्ष ली चान्सुको सवारी तथा सडक मर्मतका कारण ज्ञानेश्वरको बाटो अरु समयमा भन्दा जाम भए। 

अन्य सवारी साधन त्यहिँ बाटो भएर मैतिदेवि मन्दिर हुँदै जाँदौ थिए। तर श्रेष्ठको भने तर्कराज महले बाईक रोकिदिए र गाली गर्न थाले। श्रेष्ठ ट्राफिक प्रहरीले राम्रो बोलीले भन्दा जनताले बुझने बताउँछन्। 

‘के यसरी सावारीसाधनलाई रोकि गाली गर्नु उचित हुन्छ?’ ‘के नेपाल सरकारले ट्राफिक प्रहरीलाई जनताहरुसँग कसरी बोल्ने सिकाएको छैन? सडक अस्तव्यस्त जाम हुन्छ त्यो हामीलाई थाहा हुन्छ, तर ट्राफिक प्रहरीले राम्रोसँग भने पनि जनताले बुझ्छन्। के ट्राफिक प्रहरीलाई चिट मात्र काट्न राखेको हो र? अझैं छेउमा बोलाई बोलाई चिट काट्छन्।’ उनले भने। 

ट्राफिक प्रहरीको यस प्रकारको व्यवहारले ट्राफिक प्रहरीमा न बोल्ने शौली राम्रो भएको देखाँउछ न त व्यवहार नै। 
 

प्रकाशित मिति: : 2022-09-13 12:50:00

प्रतिकृया दिनुहोस्