एउटै कोठामा दुइवटा कक्षा संचालन, अस्तब्यस्त शिक्षण सिकाइ          

बिएल संवाददाता

अर्घाखाँचि 

पाणिनी गाउपालिकाको एक बिधालयमा एउटा कक्षा कोठामा दुईवटा कक्षा संचालन भैरहेका छन्।

पाणिनी गाउपालिकाको वडा नं ३ बरकारुख स्थित दुर्वाशेश्वर माध्यमिक बिधालयमा एउटा कक्षाकोठामा २ ओटा कक्षा संचालन भैरहेका छन्।

बिगत लामो समयदेखी भौतिक पुर्वधारको अभावका कारण यस्तो समस्या आएको प्रधानाध्यापक बिक्रम सुनारले बताए। उनी भन्छन, ‘बिधालयका भवन निर्माण हुँदै छन् पुर्वधार अभावका कारण यस्तो समस्या आएको हो। भवन निर्माण पश्चात् यो समस्या समाधान हुन्छ।’

उक्त बिधालयमा पुर्व प्राथमिक तहका २ वटा, कक्षा १ र २, ३ र ४ एउटै कोठामा संचालन भइरहेका छन भने कक्षा ५ का बिधार्थिहरुलाई बिधालयको सिढी मुनि राखेर अध्यापन गराउदै आइएको छ।

यसरी अध्यापन गर्दाउदा सिकाइ प्रक्रियामा धेरै असर पारेको शिक्षक बताउछन्। एउटै कोठामा दुई ओटा कक्षा संचालन गर्नु पर्दा सिकाइ प्रक्रिया प्रभावकारी नभएकोले बिधार्थिको भविष्यमा असर पर्ने शिक्षक बताउछन्।

उक्त बिधालयमा एउटा पुरानो भवन छन् भने २ वटा चार कोठे भवन छन्। एउटा भवनका ४ वटै कोठामा कक्षा संचालनमा छन् अर्को भवनको एउटा कोठामा अफिस, एउटामा कम्प्युटर प्रयोगशाला, एउटामा पुस्तकालय तथा बिज्ञान प्रयोगशाला छ भने अर्को एउटामा सिमेन्टको स्टोर रुमको रुपमा ठेकदारले प्रयोग गर्दै आएका छन्। बिद्यार्थीलाई बाहिर राखेर कक्षा कोठामा स्टोर संचालन गर्नु, बिधालयको नामको बोर्ड समेत नराखिनुले ब्यवस्थापन निकै फितल भएको देखिन्छ। यस्तो अबस्थामा बिद्यार्थीको सिकाइमा भएको प्रभाव सजिलै आंकलन गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-09-12 21:22:00

प्रतिकृया दिनुहोस्