बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ। सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो।
स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याड्ढन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याड्ढनमा अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ।
अघिल्लो वर्ष ७४ प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अंक प्राप्त गरेको छ। वर्षमा दुईपटक अनुगमन मूल्याड्ढन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो।
अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी सहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पा लगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन्।
अस्पतालको तथ्याड्ढ अनुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन्। आर्थिक वर्ष २०७८/७९ मा अस्पतालको बहिरङ्गरोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन्।