लुम्बिनीमा संविधान दिवस तीन दिन मनाइने, दिवस मनाउन १०० सदस्यीय समिति गठन 

लुम्बिनीमा संविधान दिवस ३ दिन मनाइने भएको छ। हरेक वर्ष असोज ३ गतेका दिन मनाइने दिवस लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरी ३ तीन मनाउने भएको हो।

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाकार मानसिंह विश्वकर्माले जानकारी दिए।

जसअनुसार असोज २ गते प्रदेश स्थित सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पहराउने, प्रदेशमा रहेका कार्यालयमा सरसफाई गर्ने, सबै कार्यालयमा दिपावली गर्ने निर्णय गरेको छ।

यस्तै असोज ३ गते विहान प्रभात फेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरुको नामावली सार्वजनिक गर्ने, स्थानीय टेलिभिजनहरुबाट अन्तरवार्ता, परिसम्वाद लगायत प्रशारण गर्ने सञ्चारमाध्यमहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।

प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीयतहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि अनुरोध गर्ने, साझ दिपावली गर्ने, ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरुमा साँझ दिपावली गर्ने, आफ्नो कार्यलयहरुले विवभिन्न नव प्रवर्धानात्मक कार्यक्रम सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

संविधान दिवस मनाउनका लागि १०० सदस्यीय संविधान दिवस २०७९ मुल समारोह समिति गठन गरिएको छ।

प्रकाशित मिति: : 2022-09-12 07:15:00

प्रतिकृया दिनुहोस्