'कान्तिपुरका कैलाश शिरोहियालाई प्रधान न्यायाधीश बनाइदिए हुन्छ'
यो भनाइ हो, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको । उनले नेपालको सार्वभौमसम्पन्न संसदको महाअभियोग सिफारिस समितिमा आफूमाथि लागेको सम्पति शुद्धिकरणसम्बन्धी प्रश्नको जवाफ दिने क्रमममा यस्तो गम्भीर भनाइ राखेका हुन् ।
उनले ठूला पत्रिकाका सम्पादक र मालिकलाई दलाल भन्दै उनीहरूको सम्पति शुद्धिकरण गर्नु नपर्ने भन्दै प्रश्न गरे । उनले पत्रकारहरू नै न्यायाधीश भएर मुद्दाहरूको फैसला गर्ने गरेको भन्दै तीब्र रोश पनि प्रकट गरे । यसै क्रममा उनले 'कान्तिपुरका कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ' भनेका थिए ।
उनले देशको नम्बर १ मिडिया हाउसका मालिक सिरोहियालाई नेपालको सार्वभौमसम्पन्न संसदमै दलाल भनेर आरोप लगाए । त्यति मात्र हैन, सम्पति शुद्धिकरणको प्रसङ्गमा कालो धनका मालिक पनि भने । यो जति ठूलो आरोप के हुन्छ र ? त्यो आरोप पनि मुलुकको सर्वोच्च अदालतका निलम्बित नै भए पनि प्रधानन्यायाधीशले लगाए ।
'कान्तिपुरका मालिक कैलाश शिरोहियाको नामै किटान गरेर संसदमै कालो धनका जम्मा गरेको गम्भीर आरोप लाग्यो । तर, दुर्भाग्य नेपालका कुनै पनि मिडियाले यो समाचार बनाएनन् । अरू प्रसङ्गमा राणाले आरोप लगाएका एकसे एकको नाम दिने कान्तिपुरले त आफ्ना मालिकको नाम लिने कुरै भएन । जीवनको लामो समय यिनै मालिकको सेवा गर्दा पनि 'दशैको बोका' बनेपछि अर्को मिडिया पसल खोलेका पनि चुप लागे । ट्विटरमा टि्वट ट्विट गर्ने एजेण्डा सेटर र विचार निर्माता विजयकुमार, खगेन्द्र संग्रौला, नारायण वाग्लेहरूको पनि बोल्ती बन्द भयो ।
नेपाली मिडियामाथि यति गम्भीर आरोप अहिलेसम्म कहिलै लागेको थिएन । दुई कारणले, पहिलो त यो आरोप लगाउने व्यक्ति चानचुने हैनन्, सर्वोच्च अदालतका निलम्बित नै भए पनि प्रधानन्यायाधीश हुन् । दोस्रो, यो आरोप नेपाली पत्रकारिताको मात्र हैन, हरेक फागुन ७ मा आफ्नो वार्षिकोत्सव मनाउँदा विशेष प्रकाशकीय लेखेर नेपालको लोकतन्त्रकै ठेक्का लिने सिरोहियालाई लागेको छ । अप्रत्यक्ष रूपमा यो आरोप सिरोहियालाई कार्पेट ब्यापारीबाट देशको नम्बर १ मिडिया मालिक बनाउन योगदान दिने तमाम वर्तमान र भूतपूर्व कान्तिपुरकर्मीहरूलाई लागेको छ ।
तर, दुर्भाग्य यो समाचार नेपालका कुनै पनि मिडियाले बनाएनन् । अरू प्रसङ्गमा राणाले आरोप लगाएका एकसे एक व्यक्तिको नाम दिने कान्तिपुरले त आफ्ना मालिकको नाम लिने कुरै भएन । जीवनको लामो समय यिनै मालिकको सेवा गर्दा पनि 'दशैको बोका' बनेपछि अर्को मिडिया पसल खोलेकाहरू पनि चुप लागे । ट्विटरमा टि्वट ट्विट गरेर नैतिकताको अर्ती उपदेश दिने विजयकुमार, खगेन्द्र संग्रौला, नारायण वाग्ले जस्ता ठूला नामहरूको पनि बोल्ती बन्द भयो । स्मरणीय रहोस्, यी तीनै अग्ला नामले पनि सिरोहियालाई दलाल र कालो धनका मालिक बनाउन योगदान गरेका छन् । विजयकुमार त एक हैन, अनेक पदमा रहे । नारायण वाग्ले निकालिदै, फर्किदै, निकालिने प्रधानसम्पादक रहे । संग्रौला पनि एक समय स्तम्भकारका रूपमा स्थापित थिए । धेरैले संग्रौला बिर्से पनि कुन्साङ काका सम्झिरहेका हुन्छन् ।
मिडियामा एक किसिमको मुखमा बुझो लगाउने, हातमा दही जमाउने, कलममा मसी सकाउने र अब त आइप्याडका की नथिचिने रोग हुन्छ । सहधर्मिता नाम गरेको यो रोग यसपटक पनि ऐठन लाग्ने किसिमले लाग्यो ।
देशको नम्बर १ मिडिया हाउसमा मालिक कैलाश सिरोहियालाई नेपालको सार्वभौमसम्पन्न संसदमै दलाल भन्ने आरोप लगाए । त्यति मात्र हैन, सम्पति शुद्धिकरणको प्रसङ्गमा कालो धनका मालिक पनि भनियो । यो जति ठूलो आरोप के हुन्छ ? त्यो आरोप पनि मुलुकको सर्वोच्च अदालतका निलम्बित नै भए पनि प्रधानन्यायाधीशले लगाएका हुन् ।
भन्नलाई त आफू डुब्ने बेलामा चोलेन्द्रले ओलीलाई बाहेक सबैलाई डुबाएरै छोड्ने भए भनेर भन्न सकिएला । तर, राज्यको चौथो अङ्ग भनिने मिडियाका शेरलाई नै धारेहात लगाँदै दोस्रो अङ्ग न्यायपालिकाका प्रमुखले जुन किसिमको आरोप चौथो अङ्गमाथि लगाए, त्यो चानचुने थियो भन्नु महाभूल हो । उनले सिरोहियालाई मात्र आरोप लगाएनन्, पत्रकारलाई नै दलाल भने र उनीहरूको सम्पति पनि छानबिन गर्नुपर्ने बताए । सार्वभौमसम्पन्न संसदमा रेकर्ड भएर लागेको यो गम्भीर आरोपमाथि राज्यका सम्बन्धित निकायले छानबिन गर्ने कि नगर्ने ? कि, सबैखाले मिडिया आउटलेटका शक्तिशाली मालिक भनेर यतिकै छोड्ने ?
हुन त नेपालमा मिडियाका मालिक धनी हुने र मिडिया तन्नम हुने पुरानै रोग हो । सिरोहियाकै कान्तिपुर पब्लिकेसन्सले पनि टाट पल्टेको भन्दै सयौ पत्रकार निकाल्यो, नेपाल म्यागजिनलगायतका केही प्रकाशन बन्द गर्यो । तर, मालिक सिरोहियाको सम्पतिको भने राश चुलिदै गयो, उनको गाडीको कलेक्सनमा एक से एक लक्जरी गाडी थपिदै गए ।
बिट मार्नुअघि कैलाश सिरोहियालाई निलम्बित प्रधानन्यायाशीश जबराले आरोप लगाएकै दिन उनको ई-कान्तिपुरले यस्ता शीर्षकमा समाचार बनायो,
'राजीनामा गरे महाभियोग फिर्ता लिने देउवा र प्रचण्डको सन्देश लिएर डिनाजी क्वार्टरमा आउनुभयो'
न्यायाधीशको हरेक नियुक्तिमा नेताहरूले भाग माग्छन् : जबरा
न्यायपालिका ध्वंस गर्ने राजनीतिक योजनाले महाभियोग लगाइएको हो : जबरा
पहिलो शीर्षकमा देउबा, प्रचण्ड र डिना उाध्यायको नाम लिएर जस्ताको तस्तै शीर्षक हालियो तर कैलाश सिराहियाको नाम लिएको भनाइ भने कतै समाचार शीर्षक बनेन । के यसरी मिडियाको निस्पक्षता र विश्वसनियता कायम रहन्छ ? त्यसमा पनि कान्तिपुर त 'सूचना तपाईंको अधिकार' भन्छ । यसरी आफ्नो समाचार लुकाएर त कसरी जनता सुसूचित होलान् ।
सुसूचित गर्नका लागि त कान्तिपुरका सबै मिडिया आउटलेटले 'कान्तिपुरका कैलास शिरोहियालाई प्रधान न्यायाधीश बनाइदिए हुन्छ ' भन्ने शीर्षकमा समाचार बनाएर जबराले यस प्रसङ्गमा भनेको सबै कुरा उद्धृत गरिदिनु पर्थ्यो । भनाइ नै छ, सबै अनौठा समाचार हुन्छन् । यो पनि एक किसिमको अनौठो समाचार हुन्थ्यो । कान्तिपुरले समाचार बन्नुपर्दा आफैंलाई पनि समाचार बनाउँछ भन्ने नजीर बन्थ्यो । यो जति गजबको ब्राण्डिङ कान्तिपुरको जीवनमा केही पनि हुने थिएन । तर, कान्तिपुरले यो स्कूप बनाउन सकेन अर्थात् एउटा गजबको मौका चुकायो ।
अहिलेलाई यति बुझौं, यो आरोप नेपाली मिडियामाथिको प्रतिनिधि आरोप हो । यस्तो आरोप लागेको मिडियाको विश्वसनियता रहदैन । जब मिडियाको विश्वसनियता गुम्छ, तब त्यो देशको लोकतन्त्र पनि सुरक्षित हुदैन ।
यो पंक्तिकार सुरूदेखि नै नेपाली मिडियाको द्वैधचरित्रमाथि प्रश्न उठाउँदै आएको छ । उसलाई लाग्छ, नेपाली मिडियाले अनेकौ परिघटनामा राज्यको चौथो अङ्गको भूमिका निर्वाह गरिदिएको भए आज मुलुकको दिशा र दशा यस्तो हुने थिएन । अरू सबैलाई चोर ओला ठड्याएर अर्ती र उपदेश दिने मिडियाले बाँकि औला आफूतिर फर्केको कहिल्यै हेक्का राखेन ।
समयक्रममा त्यो दिन पनि आउला । अहिलेलाई त्यही आशा राखेर बिट मारौं। बाँकि त हेर्दै जाउँ, बाँचे देखिन्छ भन्छन् क्या रे ।