चिनियाँ राष्ट्रपतिद्वारा बेलायतका राजालाई बधाई

File photo
File photo

चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलायती राजा चार्ल्स तृतीयलाई गद्दी आरोहणका उपलक्ष्यमा बधाई सन्देश पठाएका छन्।

सो अवसरमा राष्ट्रपति सीले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गरे।

चिनियाँ राष्ट्रपतिले राजा चार्ल्स तृतीयसँग दुई देशका जनताबीच थप आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न मैत्रीपूर्ण गतिविधि आदानप्रदान गर्दै पारस्परिक लाभ विस्तार गर्न आफू तयार रहेको बताए।

उनले विश्वव्यापी मुद्दाहरूमा आपसी समझदारी सुदृढ पारेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको समेत बताए।

उनले यस्ता गतिविधिबाट दुई देश र सिङ्गो विश्वमा समेत विकास र शान्तिलाई टेवा पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: : 2022-09-11 17:07:00

प्रतिकृया दिनुहोस्