काठमाडौं म्याराथनमा हरि पहिलो

शनि शाक्य

काठमाडौं

त्रिभुवन आर्मीका हरिकुमार रिमालले शनिबार १४ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन्। उनले निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरे। यससँगै हरिले एक लाख रुपैंया प्राप्त गरे। दौडमा आर्मीकै जुनेश खड्का दोस्रो र एपीएफका राजन चौधरी तेस्रो भए। जुनेशले २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरे र ५० हजार जिते। यस्तै राजनले भने दौड २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा सम्पन्न गरे र उनले २५ हजार रुपैंया पुरस्कार राशि हात पारे।  

पुरुषतर्फको हाथ म्याराथनमा पर्वतका सुवास गुरुङ १ घण्टा १५ मिनेट र २१ सेकेन्डमा पहिलो, आर्मीका नवराज बुढा १ घण्टा २२ मिनेट र २२ सेकेन्डमा दोस्रो तथा आर्मीकै देवराज वस्नेत १ घण्टा २५ मिनेट र ४७ सेकेन्डमा तेस्रो भए। महिला हाफ म्याराथनमा पुलिसकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डमा पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोल्खाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट र ५६ सेकेन्डमा तेस्रो भए।

यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया हात पारे। पुरुष ३ किलोमिटर दौडमा एपीएफका राजेन्द्र तामाङले ११ मिनेट १७.३७ सेकेन्डको समयमा पहिलो भए। यस्तै अभिषेक पञ्चकोटी ११ मिनेट ३४.३७ सेकेन्डमा दोस्रो तथा आर्मीका यमराज खत्री ११ मिनेट ४१.३७ सेकेन्डमा तेस्रो भए। महिलातर्फ दोल्खाकी अन्जु खड्का १४ मिनेट ५.७ सेकेन्डमा पहिलो भइन्। मनिषा गिरी १छ मिनेट ५५.५ सेकेन्डमा दोस्रो तथा ललितपुरकी श्रेबी महर्जन १८ मिनेट ५४.७ सेकेन्डमा तेस्रो भइन्।

स्कुल ब्वाइज ३ किलोमिटर दौडमा प्रविन लिम्बू, होयगल लामा र अरबिन खत्री शीर्ष तीन स्थानमा रहे। गल्र्सको यसै स्पर्धामा अन्युशा आचार्य पहिलो, भावना नाथ दोस्रो तथा प्रकृति वस्नेत तेस्रो भए । तीन किलामेटर मास्र्टस पुरुष दौडमा धर्म महर्जन, मनिन महर्जन दोस्रो तथा भीमबहादुर गुरुङ तेस्रो भए। महिलातर्फ यसै स्पर्धामा इमला प्रधान पहिलो भइन्। यस्तै ३ किलोमिटर ह्विलचेयर दौडमा रामकाजी मिजार, दीपक श्रेष्ठ र अर्जुन डुङ क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा रह ।

यसै स्पर्धाको महिलातर्फ यामीझाक्री मगर पहिलो र लक्ष्मी घिमिरे दोस्रो भइन्। संस्कृति, पर्यटन तथा नागरिक उद्देयन मन्त्री जीवनराम श्रेष्ठले म्याराथन दौडको उद्घाटन गरेका थिए। यस्तै हाफ म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए। आमन्त्रित सेलेब्रेटी रनमा मन्त्री श्रेष्ठ र सदस्य सचिव घिसिङसँगै कार्यक्रममा आमन्त्रित नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीको सहभागिता रहेको थियो। एनआरएन स्पोर्टस फाउन्डेसनको आयोजनामा भएको दौडमा कुल १ हजार ६ सयको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-09-10 20:01:00

प्रतिकृया दिनुहोस्