फेवातालको जलकुम्भी हटाउन राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिने

पोखराको फेवातालमा भएको जलकुम्भी झार हटाउन राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिने भएको छ। 

शनिबार फेवाताल सरसफाई अभियानका क्रममा तालमा रहेको जलकुम्भी दिर्घकालिन रुपमा हटाउन केन्द्रले जिम्मा लिने निर्णय गरेकाे हो। 

फेवातालमा उम्रिने जलकुम्भी चार महिनामा एक पटक सफा गरेर मात्रै नपुग्ने उनले बताए।

‘जलकुम्भी झार हटाउन दिर्घकालीन रुपमा मेसिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो कार्य पोखराको पश्चिमान्चल ईन्जीनियरिंग कलेज, लामाचौर र राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गरिनेछ र झारहरु हटाउने मेसिन पोखराको पश्चिमान्चल ईन्जीनियरिंग कलेजसँग सहकार्य गरिनेछ,’ पुनले बताए। 

यस्तै उनले मेसिन बनाउन सम्बन्धित बिभाग र बिद्यार्थीहरुलाई अवाहान गर्ने बताएका छन्। 

उनले भने – ‘राष्ट्रिय आविष्कार केन्द्रले छिटै कलेजसँग छलफल गरेर त्यहाँको सम्बन्धित बिभाग र बिद्यार्थीहरुलाई उक्त मेसिन बनाउन आह्वान गर्नेछ र मेसिन बनाउनलाई चाहिने सम्पूर्ण सामानहरु जस्तै फलाम, ईन्जिन, हाइड्रोलिक र अन्य सामानहरु राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराउने छ।’

मेसिन बनाउन कलेजले फ्याकल्टी र बिद्यार्थीहरुको टीम बनाई ८ महिनाको अवधिमा बनाई सक्नुपर्ने छ। 

यसैगरी जलकुम्भी हटाउने मेसिन बनाउन राष्ट्रिय आविष्कार केन्द्रले छुट्टै कोष खडा गर्ने र केन्द्रको कोषबाट कुनै खर्च नगर्ने पुनले बताएका छन्। 

फेवातालप्रति चासो र माया गर्ने ईच्छुक व्यक्ति वा संघसंस्थाहरुले स्वइच्छाले दान गर्न सक्नेछ।

प्रकाशित मिति: : 2022-09-10 16:17:00

प्रतिकृया दिनुहोस्