इन्द्रजात्रामा सहभागी हुन बसन्तपुर पुगे मेयर शाह (तस्बिरहरु)

शनि शाक्य

काठमाडाैँ

काठमाडौंका मेयर बालेन शाह इन्द्र जात्रा सहभागी हुन बसन्तपुर क्षेत्र पुगेका छन्। 

हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।

काठमाडौंमा ठूलो लिंगोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्ग ठड्याउने पनि चलन छ।

जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ। जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ।

प्रकाशित मिति: : 2022-09-09 15:41:00

प्रतिकृया दिनुहोस्