बेल्जियममा जन्मियो नयाँ एन आर एन संस्था 

केही समय अगाडि एन आर एन को चरम विवाद पछि टुक्रिएर अर्को संस्था बनेको थियो। गैर आवासिय नेपाली संघ एन आर एन का पूर्व अध्यक्ष शेष घलेको अगुवाइमा विश्वव्यापी गैर आवासिय नेपाली संस्था (ग्लोबल एन आर एन फाउन्डेसन) खुलेको हो। 

प्रत्येक देशमा साखा विस्तार हुँदै गएको यो संस्थाको बेल्जियममा पनि साखा खोल्दै तदर्थ समिति गठन भएको छ। 

पदम गुरुङको संयोजकत्वमा गठन गरिएको १८ सदस्यीय तदर्थ समितिमा कौशल खनाल सदस्य सचिव रहेका छन्। त्यस्तै गरेर सदस्यहरुमा अनिता लामा,सुदर्शन सिंखडा,इन्दिरा चाम्लिङ ,मिन क्षेत्री,कृष्ण सुनार,मदन गुरुङ, साइमन आले, झलक मणि अधिकारी,विनोद बानियाँ, जय प्रकाश गुप्ता, दीपक प्याकुरेल, नवीन पण्डित, उमेश घिमिरे, विजय थापा, दिनेश पौडेल र राजन राई रहेका छन्। संस्था सल्लाहकारहरुमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्ती मगर, जीत लामा, चेत प्रसाद भट्ट र रेँगी शेर्पा छन्। 

केन्द्रिय कार्यालय नेपाल रहेको नवगठित संस्थाले हालसम्म बेलायत, पोर्चुगल, नेदर्ल्यान्ड्स, बेल्जियम, क्रोयसिया, साउदी अरब, ओमान, कतार, क्यानाडा र अमेरिकामा आफ्नो तदर्थ समिति गठन गरिसकेको छ। 

'हामी गैर आवासिय नेपाली संघ जस्तो व्यावसायिक रूपमा व्यावसायिक परियोजनाका साथ जाँदैनौं। हाम्रो छुट्टै नितान्त सामाजिक सेवा रूपी संस्था हो। यो संस्था उनीहरूको विरुद्धमा खोलिएको पनि होइन।' तदर्थ समितिका अध्यक्ष पदम गुरुङले भने 'खाडी मुलुकमा धेरै दिदी बहिनीहरू अहिले समस्यामा पर्नु भयको छ। पहिलो प्राथमिकता उहाँहरुलाई सहयोग गर्नु रहेको छ। हामी विभिन्न देशमा साखा विस्तार गर्ने क्रममा छौं।' अध्क्षय गुरुङका अनुसार एन आ एन ए संग यो संस्थाले सहकार्य गरेर जाने छैन। 

त्यस्तै गरेर तदर्थ समितिका सदस्य सचिव कौशल खनाल का अनुसार अहिले  यथावत एन आर एनसंग को विवाद भोलिका दिनमा मिलेर गएको खण्डमा पनि संस्था नितान्त सामाजिक कार्य अनुसार अगाडि बढ्ने भयको कारण आधिकारिक रूपमा निरन्तर रहिरहने छ। सदस्य सचिव खनालले गैर आवासिय नेपाली संघ संग यो संस्थाको कुनै अन्तरविरोध नरहेको प्रस्ट पारे। 

तदर्थ समितिले छिट्टै  बेल्जियम साखाको अधिवेशन गरेर नयाँ कमिटी गठन गर्ने जनाएको छ।विश्वव्यापी गैर आवासिय नेपाली संस्थामा बेल्जियमबाट जानकी गुरुङ केन्दीय महासचिव तथा उल्का घिमिरे युरोप संयोजक रहेका छन्। गत मार्चमा गठित यो संस्थाका केन्दीय अध्क्षय विनोद कुँवर हुन्।

प्रकाशित मिति: : 2022-09-09 06:56:00

प्रतिकृया दिनुहोस्