शनिबार, १२ जुलाई २०२५

लमजुङका १८ हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र 

बिएल संवाददाता

बिएल संवाददाता

लमजुङ
2022-09-08 07:55:00
File Photo
• • •

देशभर राष्ट्रिय परिचयपत्र  बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संंख्या बढेको छ। जिल्ला प्रसाशन कार्यलय लमजुङमा हाल सम्म १८ हजार  दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन्।

जिल्लाका आठ वटै स्थानिय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशाशनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए। 

उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र  बनाउनेको सख्या १८ हजार दूई सय ४१ जना रहेको छ। जसमा  महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना  रहेको प्रजिअ वैद्यले बताए।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र  अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रसाशनमा परिचयपत्र बनाउन आउने मानिसको संंख्या वृद्धि भएको होे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?